एकैपटक मेगा बैंकका तीन ठाउँमा एक्सटेन्सन काउन्टर विस्तार

 अर्थबुलेटिन संवाददाता   १ पौष, २०७७



काठमाडौं ।  मेगा बैंक नेपाल लिमिटेडले उपत्यकाका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको नारायणटार र काठमाण्डौकै कागेश्वरी मनोहरा नगरपालिकास्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धीमोड तथा भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिनदेखि सञ्चालनमा आएका हुन्।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन्।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation