महालक्ष्मी विकास बैंकका ऋणी ग्राहकलाई ब्याजदरमा सहुलियत

 अर्थबुलेटिन संवाददाता   १ पौष, २०७७



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणी ग्राहकहरुलाई ब्याजदरमा सहुलियत दिने भएको छ। कोभिड–१९ का कारण आफ्ना ग्राहकको पेसा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै बैंकले ऋणी ग्राहकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधिअन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम सञ्चालन गरिरहेका १२५० भन्दा बढी ऋणीको ७२ करोड रुपैयाँभन्दा बढी कर्जाको ब्याजदर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको हो।

यसरी पुनर्कर्जा सुविधाका लागि कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्ग, कृषक तथा महिलालाई प्राथमिकता दिएको बैंकले जनाएको छ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation