२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज पनि नेप्से घटेको छ । बुुधबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी सेयर धितो कर्जामा कडाई गरेसँगै नेप्से घट्न थालेको हो ।
बिहिबार २२ दशमलव सात अंकले घटेर दुुई हजार ३२ दशमलव ५१ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव चार अंकले घटेर तीन सय ८५ दशमलव ९४ अंकमा झरेको छ ।
आज एक सय ९५ वटा कम्पनीहरुको ६१ हजार छ सय चार पटकको कारोवारमा एक करोड ४१ लाख १४ हजार चार सय ६० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम छ अर्ब ७६ करोड ९८ लाख ९० हजार आठ सय १५ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा लघुुबित्त समुहको सुचक झिनो अंकले बढेर हरियो देखिएपनि बाँकी समुहको सुचक भने घटेर रातै देखिएका छन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव चार अंकले घटेर १४ सय ९३ दशमलव २७ अंकमा झरेकोमा विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।