कोरोना प्रभावित ऋणीलाई राहत दिने राष्ट्र बैंकको घोषणा

 अर्थबुलेटिन संवाददाता   ३ पौष, २०७७



काठमाडौं । कोरोना प्रभावित ऋणीले राहत पाउने भएकाछन । नेपाल राष्ट्र बैंकले बिहिबार एक निर्देशन जारी गर्दै धितो लिलाममा उनीहरुलाई राहत दिने घोषणा गरेको हो ।

राष्ट्र बैंकका अनुसार कोरोना प्रभावित ऋणीको हकमा महिनाभन्दा बढिको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रकृया २०६७ असार मसान्तसम्मका लागि स्थगित गर्न निर्देशन दिईएको छ ।

यो प्रयोजनका लागि ऋणीले आफ्नो उद्योग ब्यवसाय तथा आयस्रोतबाट सम्पूर्ण किस्ता भुक्तान गर्न नसकी ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा त्यसको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असुल उपर गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोरोना प्रभावितलाई कालोसूचीमा पनि केही छुट दिइएको छ भने उनीहरुलाई कम्तिमा २०७८ असार मसान्तसम्मका लागि कालोसूचीमा राख्न नपाइने ब्यवस्था गरेको छ ।

कोरोना प्रभावित ब्यक्तिगत ऋणीलाई पनि केही सहुलियत दिन खोजेको छ । ब्यक्तिगत ऋणीको ऋण पनि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न नयाँ व्यवस्था गरेको छ ।

यसैगरी ब्यक्तिगत आवासीय घर कर्जा, सवारी साधन कर्जालगायतका ब्यक्तिगत कर्जा लिने ग्राहकहरुको भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका ब्यवसायहरुमा रहेको भएमा त्यस्ता ऋणीहरुले लिएको कर्जाको हकमा यो ब्यवस्था लागू हुने छ ।

यसका लागि ऋणीले आफूले बुझाउनु पर्ने ब्याजको १० प्रतिशत बैंकलाई तिर्नु पर्ने तथा यो सुविधा एक पटक मात्र प्रयोग गर्न निर्देशिकामा उल्लेख छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation