![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अर्थ मन्त्रालयको निर्देशन र बीमा समितिको अनुगमनपछि कोरोना बीमा अन्तर्गत भुक्तानी हुने क्रम बढ्दै गएको छ । कोरोना बीमाको पुल व्यवस्थापकले कोरोना संक्रमितको दाबी भुक्तानीमा तीब्रता दिएको हो ।
बीमा समितिका अनुसार हालसम्म भुक्तानी पाउनेको संख्या १२ हजार १ सय ९३ जना पुगेको छ । उनीहरुले कुल १ अर्ब १९ करोड ७ लाख बराबर भुक्तानी पाएको बीमा समितिको भनाइ छ । अघिल्लो साता बुधबारसम्म ८ हजार १ सय ४५ जनाले भुक्तानी पाएकोमा यो साताको बुधबारससम्म आइपुग्दा थप ४ हजारले ४८ बीमाको दाबी भुक्तानी पाएका हुन् ।
हालसम्म कुल २३ हजार ५६ जनाले बीमाको भुक्तानीका लागि मागदाबी गरेका छन् । अब भुक्तानी पाउन बाँकी रहेको १० हजार ८ सय ६३ जना रहेको देखिएको छ । त्यसमध्ये हालसम्म २ हजार १ सय ११ जनाको दाबी स्वीकृतिको प्रक्रियामा रहेको, २ हजार ५ सय ५४ जना स्वास्थ्य सेवा विभागको भेरिफिकेसजको चरणमा रहेको १ हजार ११ फाइल भेरिफिकेसनको लागि पठाउन तयारी अवस्थामा रहेको जनाइएको छ ।
बीमा पुल व्यवस्थापकले १ हजार ५ सय ७१ वटा फाइल भने फेरि कागजपत्र नपुगेको भन्दै सम्बन्धित बीमा कम्पनीमा फिर्ता पठाइदिएको छ । ५० वटा दाबी भने दोहोरो परेको भन्दै रद्द गरिएको छ ।