सुरेश प्रसाद खत्री नेशनल लाइफ इन्स्योरेन्सको सिईओ नियुक्त

 अर्थबुलेटिन संवाददाता   ५ पौष, २०७७



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation