करदाता कार्यालय खैरहनी चितवनमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सुचारु

 अर्थबुलेटिन संवाददाता   ५ पौष, २०७७



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर ९यस एक्सटेन्सन काउन्टर सहित० मार्पmत सेवा प्रदान गरीरहेको बैंकले करीव ७० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation