

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले कुल २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।