सात दशमलव चार अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   ८ पौष, २०७७



काठमाडौं ।  बुुधबार नेप्से सात दशमलव चार अंकले बढेर दुुई हजार ६८ दशमलव ४५ अंकमा चढेको छ । साताको चौथो कारोवारमा पनि नेप्से बढेको हो ।  आज सेन्सिटिभ इन्डेक्स भने एक दशमलव २४ अंकले घटेर तीन सय ९० दशमलव ५१ अंकमा झरेको छ ।

दुुई सय तीन वटा कम्पनीहरुको ५१ हजार तीन सय दुुई पटकको कारोवारमा एक करोड १५ लाख ५८ हजार नौ सय ९१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब ८६ करोड २४ लाख ४५ हजार दुई सय १५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा वाणिज्य बैंक, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन् भने बाँकी समुहको सुचक घटेकाछन् । ति मध्ये विकास बैंक समुहको सुचक १७ दशमलव ७६ अंकले घटेर २१ सय ७२ दशमलव ७६ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल बैंक परेको भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation