अन्तिम कारोवार दिन नेप्सेमा उच्च गिरावट

 अर्थबुलेटिन संवाददाता   ९ पौष, २०७७



काठमाडौं । आज पनि नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोवार दिन बिहिबार २९ दशमलव ८३ अंकले घटेर दुुई हजार ३८ दशमलव ६३ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ७४ अंकले घटेर तीन सय ८६ दशमलव ७६ अंकमा झरेको छ । आज दुुई सय चार वटा कम्पनीहरुको ४७ हजार नौ सय ७६ पटकको कारोवारमा ९८ लाख ६० हजार पाँच सय ३६ कित्ता सेयर खरिद किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ३६ करोड ९० लाख ४६ हजार तीन सय २२ रुपैयाँ पुुगेको छ ।

 आज १२ वटा समुहको कारोवार हुँदा  ट्रेडिङ र होटल समुहको सुचक बढेको छ भने बाँकी १० वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ७६ अंकले घटेर १५ सय ४७ दशमलव ४३ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि १७ दसमलव १८ अंकले घटेर १६ सय नौ दशमलव ८१ अंकमा झरेको छ । यि बाहेक विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation