झण्डै नौ अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   १३ पौष, २०७७



काठमाडौं ।   आज नेप्से   बढेको छ । अघिल्लो दिन घटेको नेप्से सोमबार आठ दशमलव ६७ अंकले बढेर दुुई हजार सात दशमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव १४ अंकले बढेर तीन सय ८२ दशमलव ५७ अंकमा चढेको छ ।

दुई सय १४ वटा कम्पनीहरुको ३६ हजार दुई सय ४५ पटकको कारोवारमा ७४ लाख ९७ हजार तीन सय ८४ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ रुपैयाँ पुगेको छ ।   आज १२ वटा समुहको कारोवार हुँदा ट्रेडिङ, विकास बैंक र अन्य समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक नौ दशमलव ३४ अंकले बढेर १५ सय ३३ दशमलव ७५ अंकमा पुगेको छ भने जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सिद्धार्थ बैंकको ऋणपत्र २०८२ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation