बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एल्लो प्यागोडामा १५ प्रतिशत छुट

 अर्थबुलेटिन संवाददाता   १३ पौष, २०७७



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशत छुट र तीन हजार पाँच सय रुपैयाँमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।

यो सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यागोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा तीन हजार पाँच सय रुपैयाँमा (सर्तहरु लागु हुनेछन्) शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५ प्रतिशत छुट पाउनेछन ।

 यल्लो प्यगोडा होटलले काठमाडौं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्रअमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेकाछन ।

बैकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation