२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । मंगलबार नेप्से बढेको छ । आज नेप्से पाँच दशमलव ५७ अंकले बढेर दुुई हजार १२ दशमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १३ अंकले घटेर तीन सय ८२ दशमलव ४४ अंकमा झरेको छ ।
दुुई सय नौ वटा कम्पनीहरुको ३७ हजार नौ सय १६ पटकको कारोवारमा ८० लाख एक हजार तीन सय १४ कित्ता सेयर किनबेच भएको छ भने कुुल कारोवार रकम चार अर्ब नौ करोड २२ लाख २७ हजार आठ सय दुुई रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा आठ वटा समुहले गुमाएकाछन भने चार वटाले कमाएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक नौ दशमलव सात अंकले घटेर १५ सय २४ दशमलव पाँच अंकमा झरेकोमा विकास बैंक, जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् ।
निर्जिवन बीमा समुहको सुचक भने आज ११ दशमलव ८५ अंकले बढेर नौ हजार तीन सय ८९ दशमलव ६७ अंकमा चढेकोमा लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।