

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पा लिवाङ्गस्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ ।
उक्त एटिएम सेवा खड्गदल गण , लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर के.सी.लेउद्घाटन गरेका हुन् । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुकल गायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।