२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । बुुधबार नेप्से ४९ अंकले बढेको छ । आज नेप्से ४९ दशमलव १७ अंकले बढेर दुुई हजार ६२ दशमलव छ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८६ अंकले बढेर तीन सय ९१ दशमलव ३० अंकमा चढेको छ । दुुई सय आठ वटा कम्पनीहरुको ३९ हजार नौ सय ३५ पटकको कारोवारमा ९९ लाख १० हजार तीन कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ४४ करोड ६२ लाख २२ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा होटल र विकास बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये आज वाणिज्य बैंक समुहको सुचक ३० दशमलव ६९ अंकले बढेर १५ सय ५४ दशमलव ६४ अंकमा चढेकोमा ट्रेडिङ, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नाराणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।