सञ्चय कोषको कर्जा नेपाल बैंकबाट तिर्ने सकिने

 अर्थबुलेटिन संवाददाता   १६ पौष, २०७७



काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सकिने भएको छ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको हो ।

बैकको देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिनेछ । यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैकले जानकारी दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation