कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

 अर्थबुलेटिन संवाददाता   १६ पौष, २०७७



 काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि. का डेबिट/क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न  सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख  नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक श्री बुद्ध श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation