पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २० पौष, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब १० करोड रुपैयाँकोको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यही पुस २१ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १० करोड रुपैयाँको रहेको छ ।

सो मध्ये सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ २० गते रहेको छ भने ९१ दिने ट्रेजरीेको परिपक्व हुने अवधि २०७७ चैत २४ गते रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि यही पुस १३ गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation