२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज पनि नेप्से घटेको छ । मंगलबार नेप्से तीन दशमलव ५४ अंकले घटेर २१ सय ६५ दशमलव ४९ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दशमलव ४७ अंकले घटेर चार सय १३ दमशलव ६८ अंकमा झरेको छ ।
आज दुई सय छ वटा कमपनीहरुको ४२ हजार पाँच सय १४ पटकको कारोवारमा एक करोड आठ लाख नौ हजार छ सय २५ कित्ता सेयर किनबेच भएकाछन् भने कुल सेयर कारोवार रकम चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा विकास बैंक, निर्जिवन बीमा र जलबिद्युत समुहको सुचक बढेकाछन् भने नौ वटा समुहको सुचक घटेकाछन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक नौ दशमलव २३ अंकले घटेर १६ सय ३५ दशमलव ७० अंकमा झर्दा जीवन बीमा, टे«डिङ, लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जनउत्थान सामुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।