२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिद्धर ०.६ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलवार ग्लोबल इकोनोमिक प्रस्पेक्ट रिपोर्ट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
कोरोना महामारीले विश्वको अर्थतन्त्र थिलोथिलो भएको अवस्थामा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । यद्यपी चालू आर्थिक वर्षमा अर्थतन्त्र चलायमान बनिसकेको अवस्था छैन ।
अर्थविद्हरूले कोरोनाका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र ठप्प भएकाले सरकारको लक्ष्य पूरा हुन कठीन हुने तथा पूरा हुनै नसक्ने बताउँदै आएका छन् । विश्व बैंकका अनुसार, नेपालले आगामी आर्थिक वर्ष २०७८/७९ ९२०२१/२०२२०मा २.५ प्रतिशत आर्थिक वृद्धि गर्ने सम्भावना छ ।
विश्व बैंकले अघिल्लो आव २०७६र७७ मा ०.२ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने अनुमान गरेको छ । सरकारले यस आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन सार्वजनिक गरेको छैन ।