अब एक बैंकको एटीम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा पैसा लाग्ने

 अर्थबुलेटिन संवाददाता   २३ पौष, २०७७



काठमाडौं ।  अब एक बैंकको  एटीम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा पैसा लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि उक्त नियम लागु हुने जनाएको हो ।बिहीबार  राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकको एकिकृत निर्देशन २०७७मा माघ १ गतेदेखि लागू हुने बताएका हुन् ।

उनले एउटा बैंक तथा वित्तिय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीममा प्रयोग गर्दा मासिक न्‍यूनतम २ वटा कारोबारसम्म निशुल्क गर्न सकिने बताए । तर त्‍योभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा रु. २० सम्‍म शुल्क लिन सक्ने उनले बताए ।

यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation