सेञ्चुरी कमर्सियल बैंकद्वारा दुईवटा मस्कट सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   २४ पौष, २०७७



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मस्कट सार्वजनिक गरेको छ । बैंकले आज शुक्रबार आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको हो । बैंकको व्यवसाय प्रवर्द्धन पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको छ ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् । सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation