२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से उच्च अंकले बढेको छ । आईतबार नेप्से एकै दिन ४१ दशमलव २४ अंकले बढेर २२ सय ३५ दशमलव ७२ अंकमा पुुग्दा सेन्सिटिभ सात दशमलव २१ अंकले बढेर चार सय २८ दशमलव ४३ अंकमा चढेको छ ।
दुुई सय सात वटा कम्पनीहरुको ५७ हजार एक सय ७१ पटकको कारोवारमा एक करोड ५० लाख ३० हजार आठ सय ३६ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार आठ सय छ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा जीवन बीमा समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् ।
जसमध्ये वाणिज्य बैंक समुहको सुचक ५९ दशमलव ६१ अंकले बढेर १७ सय २० दसमलव ३० अंकमा चढेकोमा विकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रभुु लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।