मुक्तिनाथ विकास बैंकको १४ औं बार्षिक साधारण सभा सम्पन्न

 अर्थबुलेटिन संवाददाता   २६ पौष, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले यही पुुस २५ गते शनिवार वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।

सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ।व। ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई चार दशमलव२५ प्रतिशत नगद लाभांस र ११ दशमलव २५ बोनस सेयर सहित कुुल १५ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्षश्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । साथै, बैंकले कोरोना (कोभिड १९) महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ।व। २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो ।

सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation