१४ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २७ पौष, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज  १४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैकका अनुसार जारी मिती पुस २८ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ चैत ३१ गत र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ साल असार २९ गते तोकिएको छ ।

यसअघि यही पुुस २० गते पनि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation