नेप्से झिनो अंकले वृद्धि

 अर्थबुलेटिन संवाददाता   २७ पौष, २०७७



काठमाडौं ।  आज नेप्से सामान्य अंकले बढेको छ ।  सोमबार नेप्से तीन दशमलव सात अंकले बढेर २२ सय ३९ दशमलव ४२ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९६ अंकले बढेर चार सय २९ दशमलव ३९ अंकमा चढेको छ । आज दुुई सय आठ वटा कम्पनीहरुको ४८ हजार ५३ पटकको कारोवारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय ९३ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ८७ अंकले बढेर १७ सय २३ दशमलव १७ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
टे«डिङ, होटल, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक भने घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिद्धार्थ बैंक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation