सिद्धार्थ बैंकद्वारा “स्मार्ट टेलर” सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   २७ पौष, २०७७



काठमाडौं । सिद्धार्थ बैंकले “स्मार्ट टेलर” सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बैकले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको हो ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ ।

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म मासिक दश लाख सम्मको रकम निकाल्न सक्नेछन ।

बैंकले,कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ र आगामी दिनहरुमा पनि बैंकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरणगर्दै जाने उद्देश्य बंैकले लिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation