२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से १७ दशमलव ३१ अंकले बढेर २३ सय ३२ दशमलव ३२ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दशमलव १८ अंकले बढेर चार सय ४५ दशमलव ६१ अंकमा चढेको छ ।नेप्सेमा दुई सय सात वटा कम्पनीहरुको ५१ हजार आठ सय १३ पटकको कारोवारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार एक सय ६५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज कारोवार भएका कम्पनीहरु मध्ये सबैभन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।