झण्डै ६ अंकले घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   ६ माघ, २०७७



काठमाडौं । आज नेप्से घटेको छ । मंगलबार नेप्से पाँच दशमलव ५७ अंकले घटेर २३ सय २६ दशमलव ९० अंकमा झर्दा सेन्सिटिभ पनि दुुई दशमलव ८५ अंकले घटेर चार सय ४२ दशमलव ८२ अंकमा झरेको छ ।

आज दुुई सय छ वटा कम्पनीहरुको ५७ हजार नौ सय ८० पटकको कारोवारमा एक करोड ६३ लाख पाँच हजार एक सय ४१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम सात अर्ब ४६ करोड ७४ लाख ३९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ ।  

आज १२ वटा समुहको कारोवार हुँदा  टे«डिङ, फाईनान्स र जीवन बीमा बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव छ अंकले घटेर १७ सय ३० दशमलव ३२ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक आठ दशमलव १४ अंकले घटेर १७ सय ५६ दशमलव ४७ अंकमा पुुगेको छ ।

विकास बैंक, निर्जिवन बीमा, होटल, उत्पादमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स परेको छ ।


 यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation