बैंक अफ काठमाण्डूका ग्राहकलाई लाभाई रेस्टुरेन्टमा १० प्रतिशत छुट

 अर्थबुलेटिन संवाददाता   ७ माघ, २०७७



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाभाई रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले लाभाई  रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०५ छुट पाउनुहुनेछ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख  अमर राजभण्डारी र लाभाई  रेस्टुरेन्टका प्रमुखसुदर्शन पौडेलले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation