२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से १५ अंकले बढेको छ । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव १८ अंकले बढेर चार सय ४३ अंकमा चढेको छ । आज दुुई सय ११ वटा कमपनीहरुको ५३ हजार तीन सय ३४ वटा कारोवारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सुचक घटेपनि सात वटा समुहको सुचक भने बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ४३ अंकले घटेर १७ सय २७ दसमलव ८९ अंकमा पुुग्दा होटल, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।
विकास बैंक समुहको सुचक भने आज दुुई दशमलव एक अंकले बढेर २५ सय २४ दशमलव ६९ अंकमा पुुग्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्सेरेन्स कम्पनी परेको छ ।