२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासु जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका छन् । प्रहरीले मन्त्रालयका अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ । प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए । प्रहरीले उनीहरुकोबारेमा थप अनुसन्धान भैरहेको छ ।