२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३ सय ७४ दशमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ दुई दशमलव ५९ अंकले बढेर चार सय ४५ दशमलव ५९ अंकमा चढेको छ ।
आज दुुई सय नौ वटा कम्पनीहरुको ६९ हजार दुुई सय ९२ पटकको कारोवारमा एक करोड ८० लाख ९६ हजार आठ सय २९ कित्ता किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब ७९ करोड ४१ लाख ३२ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक र सामुुहिक लगानी कोष समुहको घटेर बाँकी समुहको सुचक बढेकाछन् ।
ति मध्ये बिकास बैक समुहको सुचक ३१ दशमलव ३८ अंकले बढेर दुुई हजार पाँच सय ५५ दशमलव ९७ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुबित्त संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।