नेप्से २५ सयको यात्रामा, कारोवार रकम पनि १० अर्ब तिर नेप्से परिसुचक र कारोवार रकम दुबैमा नयाँ रेकर्ड कायम

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७७



काठमाडौं । दैनिक जसो नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेप्से परिसुचक २४ सयको यात्रा पार गर्दै २५ सयको यात्रामा लाग्दै फेरि आज नयाँ उचाईमा पुगेको छ ।

विगत केहि महिनादेखि धेरैजसो वढ्दै आएको शेयर बजार आज साताको पहिलो दिन ५० दशमलव २० अंक अर्थात २ दशमलव ११ प्रतिशतले बढेर २४२४ दशमलव ८४ अंकमा पुगेको छ । यो संगै नेप्से परिसुचक हाल सम्मको उच्च अंकमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ ।

यसैगरी, आज कारोवार रकममा समेत नयाँ रेकर्ड कायम भएको छ । १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयरको कारोवार हुदै १० अर्बको नजिक पुगेको कारोवार रकम ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाका साथ नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

दोश्रो बजारमा कारोवार हुदै आएको १२ वटा समुहहरु मध्येमा आज व्यापार समुह वाहेक अन्य सबै समुहहरु बढेका छन् । आज माइक्रोफाइनान्स समुहको लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।

आज गरिमा विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, गुरास लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड, मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेड र पोखरा फाइनान्स लिमिटेडमा सकारात्मक सर्किट लागेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation