२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज पनि नेप्से बढेको छ । सोमबार नेप्से १६ दशमलव चार अंकले बढेर २४ सय ४० दशमलव ८७ अंकमा पुुग्दा सेन्सिटिभ भने शुन्य दशमलव २४ अंकले घटेर चार सय ५१ दशमलव ८२ अंकमा झरेको छ ।
आज दुुई सय आठ वटा कमपनीहरुको ७२ हजार सात सय ७३ पटकको कारोवारमा एक करोड ९२ लाख ८५ हजार पाँच सय चार कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोवार रकम आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक २४ दशमलव २२ अंकले बढेर १७ सय ६९ दशमलव ६४ चढेकोमा टे«डिङ, निर्जिवन बीमा, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
विकास बैक समुहको सुचक भने आज २० दशमलव ७७ अंकले घटेर २५ सय ५६ दसमलव एक अंकमा झरेकोमा जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचकहरु पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।