२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से उच्च अंंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार १७ दशमलव ७९ अंकले घटेर २४ सय २३ दशमलव नौ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दशमलव ५८ अंकले घटेर चार सय ४७ दशमलव २४ अंकमा झरेको छ ।
दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोवारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर किनबेच हुँदा आज कारोवार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र फाईनान्स समुहको बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा झर्दा विकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिवश्री हाईड्रो पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।