२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से घटेको छ । आज बिहिबार नेप्से १६ दशमलव ५५ अंकले घटेर २४ सय २५ दशमलव २९ अंकमा झर्दा सेन्सिटिभ पनि चार दशमलव ३२ अंकले घटेर चार सय ४२ दशमलव छ अंकमा झरेको छ ।
आज दुई सय नौ वटा कम्पनीहरुको ८२ हजार तीन सय ५२ पटकको कारोवारमा दुुई करोड २१ लाख ५३ हजार नौ सय ८१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार एक सय २८ रुपैयाँ रहेको छ । आज १२ वटा समुहको कारोवार भएकोमा हुँदा तीन वटा समुहको सुचक बढेर बाँकी नौ वटा समुहको सुचक घटेकाछन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक ४१ दशमलव आठ अंकले घटेर १७ सय ११ दशमलव ६३ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि २२ दशमलव ९१ अंकले घटेर १८ सय ७१ दशमलव ७४ अंकमा झरेको छ ।
विकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् । निर्जिवन बीमा, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्योदय लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ ईक्विटी फण्ड परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नै परेको छ ।