एभरेष्ट बैंकद्वारा के टुु हिमाल आरोहीलाई सम्मान

 अर्थबुलेटिन संवाददाता   १५ माघ, २०७७



काठमाडौं । काठमाडौ, एभरेष्ट बैंकले पर्वातारोहीलाई सम्मान गरेको छ । बैंकले निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो के टुु हिमालको सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरेको हो । उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसको रूपमा आबद्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation