

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७७ फागुन दुुई गतेदेखि बिसं २०७८ फागुन एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि आठ करोड ३९ लाख, बिकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुुट्याईएको छ ।
राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही माघ २० गते अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन् ।