२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । पूर्वसचिव सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमवारको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ थिए ।
उनी आफ्नो ४ वर्षीय कार्यकाल पूरा गरी पुस १४ गतेदेखि बिदामा बसेका थिए । उनको कार्यकाल सकिएको एक महिनामा बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त भएका हुन् ।