बैंक अफ काठमाण्डूका ग्राहकहरुले खल्तीमा बैंक खाता लिंक गर्दा रु १०० बोनस पाउने

 अर्थबुलेटिन संवाददाता   २० माघ, २०७७



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु १०० बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनेछन ।

ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्नुहुनेछ । यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ता महानुभावहरुले मात्र सहभागी हुन सक्नेछन ।

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्नुहुनेछ । साथै, बैंकका ग्राहकहरुले वस्तु तथा सेवा खरिद पश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation