२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुुधबार छ दशमलव ८१ अंकले घटेर २४ सय ६६ दशमलव ९२ अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दशमलव ९२ अंकले बढेर चार सय ५२ दशमलव २९ अंकमा चढेको छ ।
आज दुुई सय दुुई वटा कम्पनीहरुको ९१ हजार पाँच सय ५९ पटकको कारोवारमा दुुई करोड २० लाख ४० हजार पाँच सय १६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर करोवार नौ अर्ब ५३ करोड १७ लाख १६ हजार चार सय ९६ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव सात अंकले बढेर १७ सय २७ दशमलव ४४ अंकमा पुुगेको छ भने जलबिद्युुत, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
विकास बैक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु भने घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा ग्लोवल आईएमई बैंक परेको छ ।