स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   २३ माघ, २०७७



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहूँच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन्स मार्फत सेवाउपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड  र एससिटीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

एससिटीले गहनअध्ययन र अनुसन्धान गरीविगतदुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोवाईल बैंकिङ, ई बैंकिङ, सेल्फ बैंकिङ, स्र्माट क्यु आर र कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् । यसबाट ग्लोबल आइएमई बैंकका ग्राहकलाई विविध आवश्यकता बमोजिमछिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहूँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation