![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबैले छलाङ मारेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ४८ दशमलव ७४ अंकले बढेर २५ सय २४ अंकमा चढ्दा सेन्सिटिभ पनि पाँच दशमलव तीन अंकले बढेर चार सय ५९ दशमलव ३३ अंकमा चढेको छ ।
आज दुुई सय दुुई वटा कम्पनीहरुको ८७ हजार छ सय ७० पटकको कारोवारमा एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता सेयर किनबेच भएकाछन् भने कारोवार रकम १० अर्ब ४४ करोड १९ लाख ५१ हजार तीन सय चार रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक, विकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् ।
सो मध्ये जलबिद्युत समुहको सुचक ५९ दशमलव २१ अंकले बढेर दुुई हजार १८ दशमलव १३ अंकमा पुुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।