२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेले आज पनि छलाङ मारेको छ । सोमबार नेप्से ३७ दशमलव ४८ अंकले बढेर २५ सय ६१ दशमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले बढेर चार सय ६६ दशमलव ६० अंकमा चढेको छ ।
दुुई सय छ वटा कम्पनीहरुको ९२ हजार ७९ पटकको कारोवारमा दुुई करोड ११ हजार पाँच सय ५५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक ६७ दशमलव ७२ अंकले बढेर १७ सय ७९ दशमलव २७ बिन्दुुमा चढेकोमा विकास बैंक, फाईनान्स, जीवन बीमा, होटल, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन् ।
जलबिद्युुत समुहको सुचक भने आज १९ दशमलव ७३ अंकले घटेर १९ सय ९८ दशमलव ४० बिन्दुुमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचकहरु भने घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभुु बैंक पहिलो स्थानमा परेको छ ।