![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से सुचक तथा कारोवार रकममा उच्च अंकले गिरावट आएको छ । मंगलबार नेप्से २९ दशमलव एक अंकले घटेर २५ सय ३२ दशमलव ४६ अंकमा झर्दा सेन्सिटिभ पनि चार दशमलव ८९ अंकले घटेर चार सय ६१ दशमलव ७० अंकमा झरेको छ ।
आज एक सय ९४ वटा कम्पनीहरुको ७१ हजार एक सय १२ पटकको कारोवारमा एक करोड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँ पुगेको छ । आज ३५ मिनेट नेप्सेको नियमित कारोवार कक्ष अवरुद्ध हुंदा नेप्से ३ः३५ बजे बन्द भएको थियो ।
आज १२ वटा समुहको कारोवार हुँदा विकास बैक र फाईनान्स समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैक समुहको सुचक नौ दशमलव ४२ अंकले घटेर १७ सय ६९ दशमलव ८६ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुुडविल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज ग्रामिण विकास लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।