![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से घटेको छ । आज नेप्से १६ दशमलव ११ अंकले घटेर २५ सय २६ दशमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ एक दशमलव ६६ अंकले घटेर चार सय ६३ दशमलव ४७ अंकमा झरेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ७२ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम आठ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक, विकास बैक र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेकाछन् भने जलबिद्युुत समुहको सुचक २५ दशमलव ५८ अंकले घटेर १९ सय २२ दशमलव ५६ अंकमा झरेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय सात दशमलव २२ अंकले घटेर १३ सय ४३ दसमलव ९० अंकमा झरेकोमा लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज डिप्रोक्स लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।