२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४ सय ९३ दशमलव ५९ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दशमलव ३१ अंकले घटेर चार सय ५४ दशमलव १२ अंकमा झरेको छ ।
आज दुई सय दुुई वटा कम्पनीहरुको ५८ हजार तीन सय नौ वटा कारोवारमा एक करोड ४८ लाख ५१ हजार पाँच सय ९२ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार नौ सय ३१ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २० दशमलव ७१ अंकले घटेर १७ सय ८७ दशमलव ७८ अंकमा झरेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ७७ दशमलव ३५ अंकले घटेर १२ हजार नौ सय ६६ दशमलव ५५ अंकमा झरेको छ ।
यि बाहेक जलबिदुुत, विकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहका सुचक पनि घटेर रातै भएकाछन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्फ्यास्टक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।