कोरोना प्रभावित ऋणीलाई राष्ट बैंकले थप सहुलियत दिने

 अर्थबुलेटिन संवाददाता   २ फागुन, २०७७



काठमाडौं । नेपाल राष्ट बैंकले कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई  थप सहुलियत दिने भएको छ । राष्ट बैंकले ऋण नतिर्ने र  कर्जाको पुनर्तालिकीकरण पनि नगरेका  व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो ।

अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने  राष्ट बैंकले जनाएको छ ।  यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation