२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेमा उछाल आएको छ । आज सोममबा नेप्से ९२ दशमलव ४२ अंकले बढेर २५ सय ८६ दशमलव एक अंकमा चढ्दा सेन्सिटिभ पनि १५ दशमलव ३३ अंकले बढेर चार सय ६९ दशमलव ४४ अंकमा चढेको छ ।
दुुई सय पाँच वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा दुुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेयर किनबेच भएकाछन् भने कुल सेयर कारोवार रकम १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार छ सय ६९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ५७ दशमलव ३२ अंकले बढेर १८ सय ४५ दशमलव १० अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ६४ दशमलव ४५ अंकले बढेर १९ सय ६३ दसमलव ८७ अंकमा चढेको छ ।
यि बाहेक विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचककहरु पनि उच्च अंकले बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने पहिलो स्थानमा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ ।